२०८३ बैशाख २३ गते , बुधबार

मेचीनगरमा आँखा शिविर, तीन सय जनाले लिए सेवा

sajilo news
झापा
२०७९ चैत्र १९ गते , आईतबार
मेचीनगरमा आँखा शिविर, तीन सय जनाले लिए सेवा

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परीक्षण गराएका छन् । मेचीनगर-७ स्थित मदन बस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिवार आयोजना गरेको एक दिने  निःशुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आफ्नो आँखा जाँच गराएका छन् ।

मेची नेत्रालय काँकडभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा १९ जनामा मोतिया बिन्दु समस्या देखिएको थियो । उनीहरूलाई आराध्य साकोसको समन्वयमा एक हप्ता भित्र शौलियतमा मेची नेत्रालयले अप्रेसन गरिदिने संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।

आँखा शिविरमा हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल काठमाडौँले दुई सय जनालाई जाँचको आधारमा नि९शुल्क चस्मा वितरण गरेको थियो । त्यस्तै स्थानीय सावित्रा मेडिकल हलले पनि आँखा शिविरमा उपस्थित सबैको नि९शुल्क ब्लडप्रेशरलगायतको स्वास्थ्य जाँच गरेको थियो ।

आराध्य बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा आयोजना भएको आँखा शिविरको उद्घाटन मेचीनगर९७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष ओलीले संस्थाले मानिसको सबैभन्दा संवेदनशील अङ्ग आँखाको स्वास्थ्य सम्बन्धी निःशुल्क जाँच र उपचार गराउने कार्य प्रशंसनीय रहेको बताए । उनले प्राय सहकारी संस्थाहरूले बचत र ऋणको कारोबार मात्रै गर्ने गरेकोमा आराध्य साकोसले सामाजिक उत्तरदायी वहन गर्दै त्यसदेखि बाहिर पनि विभिन्न कार्य गरिरहेको अवगत गराए । साथै आगामी दिनमा स्थानीय सरकारको समन्वयमा पनि विभिन्न जनमुखी कार्यक्रम संस्थासँग सहकार्य गरेर गर्ने बताए ।

संस्थाका उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुङ्गेल, लेखा समिति संयोजक नारायण दंगाललगायत स्थानीय टोल विकास समितिका अध्यक्षलगायतको आतिथ्य रहेको कार्यक्रम सञ्चालन समितिका सदस्य अनुप मेचेले गरेका थिए । 

सम्बन्धित समाचार