२०८३ जेष्ठ २४ गते , आईतबार
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने झापाका मोमिन पक्राउ
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीको साइबर व्युरोले झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्युरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा मोमिनलाई झापा गाउँपालिका- ६ बाट पक्राउ गरेको हो। उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प