२०८३ जेष्ठ २४ गते , आईतबार
झापाको कोटीहोममा लगेर युवतीलाई बलात्कार गर्ने भुजेल पक्राउ
झापा । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका- ११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
भुजेलले ती महिलालाई कनकाई नगरपालिका ४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगी गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प