२०८३ जेष्ठ २४ गते , आईतबार
आमा कारागारमा, छोरी पनि ब्राउन सुगरसहित पक्राउ
प्रतिबन्धित लागू औषधको मुद्दामा झापा कारागारमा जेल जीवन बिताइरहेकी मेचीनगर- १३ धाइजनकी भारती राजवंशीकी छोरी अनुजा राजवंशी पनि ब्राउन सुगरसहित पक्राउ परेकी छन् ।
बुधवार साँझ ५ बजे मेचीनगर नगरपालिका- १३ धाईजन चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा २० वर्षीया अनुजालाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउन सुगर फेला परेको थियो ।
अनुजाकी आमा भारती ५ महिनाअघि लागू औषधसम्बन्धी मुद्दामा झापा कारागारमा सजाय भुक्तान गरिरहेकी छिन् । आमा भारतीलाई भेट्न जाने क्रममा प्रहरीलाई शङ्का लागेर अनुजालाई प्रहरीले निगरानीमा राखेको अवस्थामा उनी लागू औषधसहित फेला परेकी हुन् ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प