२०८३ बैशाख २३ गते , बुधबार

बैशाख ६ र ७ गते  भिटामिन ए र जुकाको औषधि खुवाइने

sajilo news
झापा
२०८० बैशाख ३ गते , आईतबार
बैशाख ६ र ७ गते  भिटामिन ए र जुकाको औषधि खुवाइने

सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ। ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकसँग अनुरोध गरेको छ।

सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ। कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी , अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार