२०८३ बैशाख २३ गते , बुधबार

कोरोनाबाट दुई जनाको मृत्यु, थपिए एकैदिन १७१ नयाँ संक्रमित 

sajilo news
झापा
२०८० बैशाख ५ गते , मंगलबार
कोरोनाबाट दुई जनाको मृत्यु, थपिए एकैदिन १७१ नयाँ संक्रमित 

थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घन्टामा देशभरबाट २२९२ नमुना परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९८० र एन्टीजेनबाट १३१२ नमुना परीक्षण गर्दा पीसीआरबाट १०५ र एन्टिजेनबाट ६६ को रिपोर्ट पोजिटिभ आएको हो। कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ। 

यो अवधिमा ८५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।  

सम्बन्धित समाचार