२०८३ जेष्ठ २४ गते , आईतबार
लागूऔषध मुद्दामा फरार एक प्रतिवादी पक्राउ
झापामा लागू औषध मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ (साबिक मधुमल्ला गा.बि.स.७) हाल उर्लाबारी नगरपालिका- १ बस्ने २८ वर्षीय उत्तम वि.क.(कामी) भन्ने रुद्र विश्वकर्मा रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७८ असार ३१ गतेको फैसला अनुसार लागू औषध मुद्दामा विश्वकर्मालाई ५ वर्ष कैद, र ५ हजार जरिवाना तोकिएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङसँग समन्वय गरी सोमवार पक्राउ गरेको हो । मङ्गलवार जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प