२०८३ जेष्ठ २४ गते , आईतबार
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी भद्रपुरबाट पक्राउ
वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक प्रतिवादी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका ४ बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् ।
भद्रपुर नगरपालिका- ५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगार ठगी मुद्दामा वीरेन्द्रलाल श्रेष्ठले उनीमाथि जाहेरी दिएका थिए ।
दाहाललाई आवश्यक कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग बुद्ध नगर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प