२०८३ बैशाख २३ गते , बुधबार

एड्भान्स अस्पताल दमकको विवाद पनि क्षतिपूर्तिमै टुंगियो

sajilo news
झापा
२०८० बैशाख ११ गते , सोमबार
एड्भान्स अस्पताल दमकको विवाद पनि क्षतिपूर्तिमै टुंगियो

दमक । दमकको एडभान्स अस्पतालमा भएको विवाद पनि क्षतिपूर्ति दिने सहमतिमै टुङ्गिएको छ । गए राति ८.२० बजे इलाका प्रहरी कार्यालयमा सम्पन्न अस्पताल प्रशासन र पीडित पक्षबीचको छलफलमा अस्पताल प्रशासनले पीडित पक्षलाई आर्थिक सहयोग गर्ने सहमति भएको हो । कति आर्थिक सहयोग गर्ने भन्ने प्रहरीले खुलाएको छैन । अस्पताल प्रशासनले आर्थिक सहयोग गर्ने भएपछि कुनै पनि विरोधका कार्यक्रम नगर्ने पीडित पक्षले सहमति जनाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

साँझ ५.२६ बजे शुरु भएको छलफल करिब ३ घण्टा चलेको थियो । यसअघि दमकका दुई वटा अस्पतालमा भएको विवाद पनि क्षतिपूर्तिमै सहमति भएको थियो । हिजो दिउँसो १.४५ बजे दमक नगरपालिका– ५ रातो पुल बस्ने ५० वर्षिया दुर्गादेवी शर्माले बमिटिङ गरेपछि उनलाई दमक १ स्थित एडभान्स अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको २.४० बजे मृत्यु भएको थियो । सोही विषयलाई लिएर मृतकका आफन्तहरूले डाक्टरको लापरबाहीको कारण मृत्यु भएको भन्दै विवाद गरेका थिए ।

सम्बन्धित समाचार