२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
झापामा बैंकिङ कसुर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका- ४ बस्ने ४० वर्षीय ढकबहादुर खवास रहेका छन् । उच्च अदालत पाटनको २०७७ चैत १० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा खवासलाई एक दिन कैद, ३ लाख ४० हजार जरिवाना र पीडित राहत कोषमा १३ हजार ६०० क्षतिपूर्ति भराउनु पर्ने सजाय सुनाइएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सोमवार झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प