२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा खैरो हेरोइनसहित तीन जना पक्राउ
झापामा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षाका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षाका विक्रम दनुवार रहेका छन् ।
उनीहरूको साथबाट लागू औषध खैरो हेरोइन ७० ग्राम फेला परेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प