२०८३ बैशाख ३१ गते , विहीबार

सुडानमा ७२ घण्टा लम्बियो युद्धविराम

sajilo news
एजेन्सी
२०८० बैशाख १५ गते , शुक्रबार
सुडानमा ७२ घण्टा लम्बियो युद्धविराम

सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच राजधानी खार्तुम र पश्चिमी डार्फर क्षेत्रमा जारी हिंसा रोक्ने सहमति भएका छन्।  बारम्बार तोडिएको तीन दिने युद्धविरामको अन्तिम घण्टामा संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको मध्यस्थता प्रयासपछि थप ७२ घण्टा युद्धविराम लम्ब्याउने सहमति भएको सेनाले बताएको छ। 

जारी हिंसाका कारण हजारौँ सुडानी नागरिक सुरक्षित क्षेत्रमा भागेका छन् भने विदेशी राष्ट्रहरूले आफ्ना सयौं नागरिकलाई आफ्ना देशमा फिर्ता बोलाएका छन्। 

सेनाले भने सुडानका धेरैजसो क्षेत्रहरू आफूले नियन्त्रण लिएको दाबी गरेको छ। खार्तुममा केही आवासीय क्षेत्रहरू यतिबेला युद्ध क्षेत्रमा परिणत भएका छन्।

सम्बन्धित समाचार