लागु औषध गाजासहित दुई जना पक्राउ
प्रतिबन्धित लागु औषध गाजासहित २ जनालाई सशस्त्र प्रहरीले धरानबाट पक्राउ गरेको छ। बिहीबार बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले ठूलो परिणाममा गाजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई पक्राउ गरेको हो।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाजा बरामद गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए।
धरानको शिवधारामा सवारी चेकिङका क्रममा गाजासहित थापा र कटवाललाई नियन्त्रणमा लिएको उनले बताए। धनकुटाको सहिदभूमी गाउँपालिका र पाख्रीबास नगरपालिका क्षेत्रमा उत्पादन हुने गाजा तस्करहरुले सुनसरी र मोरङ हुँदै भारततर्फ तस्करी गर्ने गरेका छन्।
बरामद गाजा, ट्रक र तस्करीमा सम्लग्न दुबैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यलय धरानलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। उनले धरानको बाटो प्रयोग गर्दै लागु औषध र चोरी तस्करीको सामान ओसारपसार गर्ने गरेकाले चौबिसै घण्टा सशस्त्र प्रहरी परिचालन गरी अबैध गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा मजबुत पारिएको बताए।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प