२०८३ जेष्ठ २४ गते , आईतबार
मेलामा नक्कली नोटसहित एक जना पक्राउ
सुनसरीको सिरुवा मेलाबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १ स्थितमा आपगाछी लागेको सिरुवा मेलाबाट बिहीबार साँझ सवा ७ बजेको समयमा सुनसरीको गढीगाउँपालिका- २ घर भएका वर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैयाँ तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शङ्का लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।
घटना बारेमा जानकारी पाउन साथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजारको ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको । घटना बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प