२०८३ जेष्ठ २४ गते , आईतबार
भुटानी शरणार्थी शिविरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
दमकस्थित भुटानी शरणार्थी शिविरबाट लागू ओैषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । दमक नगरपालिका- ३ बेलडाँगीस्थित शरणर्थी शिविरमा शुक्रबार साँझ ६ बजे लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ वर्षीया निर्पा राई र ३२ वर्षीय सन्जोग गुरुङलाई ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
उनीहरू पक्राउ परेसँगै सेवनकर्ता १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ समेत शिविरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प