२२ किलो गाँजा बरामद, तस्करलाई पक्राउ गर्न खोज्दा प्रहरी घाइते
नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको लागूऔषध गाँजा विराटनगरबाट प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट राति ११स्१५ बजेतिर अन्दाजी २२ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बोरामा प्याक गरी २ जना व्यक्तिले टाउकोमा बोकेर गाँजा भारत कटाउने तयारी गर्दै थिए ।
इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीलाई देख्नसाथ गाँजा तस्करीमा संलग्न फरार बनेको उनले बताए । गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा प्रहरीका १ जना सहायक हवल्दार घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुधनगरमा कार्यरत सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् । गाँजा तस्करलाई पक्राउ गर्न खोज्दा लडेर घाइते भएका उनको खुट्टामा चोट लागेको छ । उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको डीएसपी दाहालले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर राखिएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पार्दै घाटनाको अनुसन्धान सुरु गरिएको दाहालले बताए । अन्नपूर्णबाट साभार
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प