२०८३ जेष्ठ २४ गते , आईतबार
कचनकवलमा पानी तान्ने मोटर चोरी गर्ने दुई जना पक्राउ
कचनकवल । झापाको कचनकवलमा पानी तान्ने मोटर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका- ७ स्थित सितागढी घर भएका अन्दाजी २० वर्षीय उत्सव कटुवाल र सोही स्थानका अन्दाजी २३ वर्षीय ज्ञानबहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरूलाई कचनकवल-७ स्थित बालुबाडीबाट पक्राउ गरिएको हो । शनिवार राति ११ बजेको समयमा फर्साडाँगीबाट पानी तान्ने मोटर चोरी गरेर भाग्दै गर्दा उनीहरूलाई स्थानीयले पक्राउ गरी इलाका प्रहरी कार्यालय बनियानीलाई जिम्मा लगाएका थिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प