२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा पसल फुटाएर चोरी गर्ने एक जना पक्राउ
झापाको शिवगञ्ज बजारमा पसलहरू फुटाएर चोरी गरेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ स्थित आमवारि टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवगञ्ज बजार आधा दर्जन बढी पसलमा चोरीका घटना घटेको थियो ।
पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित मङ्गलवार पक्राउ गरेको हो । प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाई राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ । साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको छ । पक्राउ परेका उनीमाथि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प