२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक युवक पक्राउ
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-५ कृष्ण हल छेउमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । हिजो मङ्गलवार राती ९ बजे मे ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी गरेर डोर्याउँदै लैजाँदै गरेको अवस्थामा बिर्तामोड- १० का १८ वर्षीय हपन हेमरनलाई इलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गरेको हो । चोरीको मोटरसाइकलसहित पक्राउ परेका हेमरनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प