२०८३ जेष्ठ २४ गते , आईतबार
दर्ता बिनाको औषधी ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ
दर्ता बिनाको औषधी ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका- ४ निवासी २९ वर्षीय इतियाज आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आलमलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७६ माघ १४ गतेको फैसला अनुसार बिना दर्ताको औषधी ओसारपसार पैठारी निकासी मुद्दामा आलमलाई एक महिना कैद र पाँच हजार जरिवानासहितको सजाय तोकेको थियो । आलम सोही दिनदेखि फरार थिए । यता पक्राउ परेका आलमलाई अदालतको फैसला बमोजिम कैद भुक्तानका लागि झापा कारागार पठाइसकेको डीएसपी रिजालले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प