२०८३ बैशाख २१ गते , सोमबार
बिर्तामोडमा कुष्ठरोगी खोजिँदै
बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठ रोगीको पहिचानको लागि शङ्कास्पद बिरामी जाँच कार्यलाई अघि बढाएको छ । यस रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरिएको थियो ।
यस वडामा १ सय १ जना शङ्कास्पद बिरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठ रोगी थपिएको नगरका सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दीपक सापकोटाले जानकारी दिए ।
जेठ ६ गतेदेखि सञ्चालन भएको अभियान अन्तर्गतको कुष्ठरोग शङ्कास्पद परीक्षण कार्यक्रममा १९ जनाको छाला जाँच गरिएको र उनीहरूको आइतबार सम्ममा रिपोर्ट आउने जनाइएको छ ।
वडा नम्बर १०मा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरी कुष्ठरोग निदानको लागि अभियान सञ्चालन गरिएको हो । बिर्तामोडमा कुष्ठ रोगीको सङ्ख्या २९ जनाबाट बढेर ३४ पुगेको छ । यस अघि ९ जना मात्रै रहेको वडा नम्बर १०मा ५ जना कुष्ठ रोगी थपिएपछि १४ पुगेको हो ।