२०८३ बैशाख २१ गते , सोमबार

मेचीनगरको शिविरमा २६५ जनाले जँचाए आँखा

sajilo news
झापा
२०८० जेष्ठ १३ गते , शनिबार
मेचीनगरको शिविरमा २६५ जनाले जँचाए आँखा

मेचीनगर । आराध्य बचत तथा ऋण सहकारी संस्थाको संयोजनमा मेचीनगर- ७ स्थित सरस्वती प्राविमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मेचीनगर ७ स्थित मदन बस्तीमा प्रधान कार्यालय रहेको यस आराध्य बचत तथा ऋण सहकारी संस्थाको स्थानीय आयोजनामा मेचीनगर नगरपालिकाको आर्थिक सहयोग, दुर्गाचन्द्र मेमोरियल ट्रस्टको आयोजनामा तथा मेची नेत्रालय काँकडभिट्टाको प्राविधिक सहयोग रहेको थियो ।

मेचीनगर ६ र ७ का मानिसहरूलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मोती विन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविरमा मा दुई सय ६५ जनाले आँखा परीक्षण गराएका छन् । मेची नेत्रालयका दृष्टि विशेषज्ञ योगेन्द्र राउतसहितको प्राविधिकले आँखा जाँच गरेका थिए । जसमा १० जनामा समस्या देखिएको आराध्य बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।

शिविरमा समस्या देखिएकाहरूलाई मेची नेत्रालयले थप उपचार गर्ने छ । नगरपालिकाको पन्ध्र वटै वडामा निःशुल्क मोतीबिन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविर सञ्चालन गर्ने कार्यक्रम विभिन्न वडामा सम्पन्न गरिसकेको छ । 

सम्बन्धित समाचार