२०८३ बैशाख २१ गते , सोमबार

झापा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर 

sajilo news
झापा
२०८० जेष्ठ १७ गते , बुधबार
झापा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर 

कुमरखोद । झापा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाको आयोजना तथा झापा गाउँपालिकाको समन्वयमा डिल्लीराज माविमा मंगलवार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा महिला १ हजार १ सय १५ र पुरुष ७ सय ४३ गरी जम्मा १ हजार ८ सय ५८ जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएको नेपाल भारत मैत्री संघ सुरुङ्गाकी सचिव गोमादेवी कार्कीले बताइन् ।

शिविरमा जनरल मेडिसिन ,स्त्रीरोग , हाडजोर्नी तथा नसारोग , वालरोग , छालारोग , नाक,कान र घाँटी रोग , आँखा रोग , दन्तरोग , मुटु जाँच , भिडियो एक्स-रे , ल्याबसहित विशेषज्ञ डाक्टरद्वारा बिरामीहरूको निःशुल्क चेकजाँच गरिएको नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाका अध्यक्ष अर्जुन बोहराले बताए ।स्वास्थ्य शिविरमा चिकित्सक उपलब्ध गराउने नोबेल मेडिकल कलेज विराटनगरका डाइरेक्टर नवीन दाहाललाई सम्मान गरिएको थियो । त्यसैगरी स्वास्थ्य शिविरमा समन्वय भूमिका गर्ने झापा गाउँपालिकाको तर्पmवाट उपाध्यक्ष अन्जुदेवी थपलिया र डिल्लीराज माविका तर्पmवाट प्रधानाध्यापक वीरेन्द्र प्रसाद गुप्तालाई समेत सम्मान गरिएको थियो । शिविरमा बिरामीहरूलाई निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी , विशिष्ट अतिथि प्रदेश सभासद् लख्खीकुमारी गणेश , प्रजिअ शिवराम पोखरेल , जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी ,सशस्त्र प्रहरी बल झापाका चिरञ्जीवी प्रसाईँ , प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक , झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलिया , भारत दिघलबैककी मुखिया पुनमदेवी सिंह ,झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियालगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष कविता बस्नेतले गरेकी थिइन् भने स्वागत मन्तव्य समाजसेवी सन्तोषकुमार गणेशले गरेका थिए ।

सम्बन्धित समाचार