२०८३ जेष्ठ २४ गते , आईतबार
कारागारको पर्खाल नागेर दुई कैदीबन्दी फरार
लमजुङ जिल्ला कारागारबाट दुईजना कैदीबन्दी फरार भएका छन्। बिहीबार बिहान साँढे २ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए।
फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेका २७ वर्षीयविष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका–३ घट्टेखोलाका ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेको श्रीमलले बताए।
कारागारबाट फरार भएका कैदीबन्दीको खोजी भइरहेको छ। विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प