२०८३ जेष्ठ २४ गते , आईतबार
अंशबन्डाको विषयमा विवाद, छोराले गरे बुबाको हत्या
इलाममा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको आरोपमा माई नगरपालिका-२, चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
दीपकले जेठ ८ गते अंशबन्डाको विषयमा विवाद भई कुटपिट गर्दा लोकबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प