झापाका अभिभावकसँग ८ लाख बढी ठगी गर्ने नक्कली सहायक प्रिन्सिपलसहित ६ जना पक्राउ
झापाको दमकस्थित सूर्योदय बोर्डिङ स्कुलमा विद्यार्थी भर्ना गराइदिने भन्दै अभिभावकसँग ८ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने एक नाबालिकासहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा विद्यालयको नक्कली सहायक प्रिन्सिपल बनेकी दमक नगरपालिका- ८ बस्ने २६ वर्षीया चन्द्रकला मैनाली, दमक- ७ बस्ने २४ वर्षीया पबिसा बुढाथोकी, दमक- ८ बस्ने २६ वर्षीय वासुदेव प्रसाईँ र शिवसताक्षीका खगेन्द्र बहादुर आचार्य र एक जना नाबालिका समेत रहेका छन् ।
सो समूहले दमक र कमलका ४ ५ जना अभिभावकसँग उनीहरूका छोराछोरीलाई सूर्योदय बोर्डिङका विभिन्न कक्षामा पढ्ने व्यवस्था मिलाइदिने भन्दै विभिन्न मितिमा सो रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । उनीहरू सबै विरुद्ध ठगी मुद्दामा शुक्रबार झापा जिल्ला अदालत भपुरबाट म्याद थपको आदेश लिइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प