२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडको बसपार्कबाट ३३ ग्राम ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
बिर्तामोडको बसपार्कबाट प्रहरीले ३३ ग्राम ब्राउन सुगरसहित दुई कारोबारीलाई पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजे अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित मेमेङ होटेल एन्ड लजमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त होटेलको रुम नम्बर १०१ मा बस्ने अर्जुनधारा नगरपालिका-१० बस्ने ३० वर्षीय विक्रम लिम्बू र पाँचथर फिदिम नगरपालिका-१ बस्ने ३४ वर्षीय मदन मगरले प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा ३६ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र २ हजार ५३० रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प