२०८३ जेष्ठ २४ गते , आईतबार
इलाममा ब्राउन सुगरसहित तीन जना पक्राउ
इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ । मेची राजमार्गको सूर्योदय नगरपालिका –८ को छिपिटारबाट १९ ग्राम ब्राउन सुगर र एक थान मोटर साइकलसहित तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इलाम नगरपालिका –९ गोलबस्ती बस्ने २७ वर्षका रोशन खवास, फाकफोकथुम गाउँपालिका –१ बस्ने २५ वर्षका विमल लिम्बू र सन्दकपुर गाउँपालिका –४ माबु बस्ने २७ वर्षीय निशान गुरुङ रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
पक्राउ पर्नेको साथबाट प्र।–१–०२–०४१ प ३४१७ नम्बरको बुलेट बाइक र १९ ग्राम अर्थात् ३३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । झापाबाट इलाम आउँदै गरेको अवस्थामा उनीहरूको खानतलासी गर्दा सो सामग्री पक्राउ गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प