२०८३ जेष्ठ २४ गते , आईतबार
दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने झापाकी मुनादेवीसहित दुई पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका- १० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ वर्षीया मुना देवी कार्की र सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ रहेका छन् ।
कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनीहरू दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प