२०८३ बैशाख २१ गते , सोमबार

साउन १ गतेदेखि झापाको कनकाईमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा रोक 

sajilo news
झापा
२०८० जेष्ठ २५ गते , विहीबार
साउन १ गतेदेखि झापाको कनकाईमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा रोक 

कनकाई नगरपालिकाले आगामी साउन १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाउने भएको छ ।  

गत ज्येष्ठ १७ गते सम्पन्न २५ औं कार्यपालिकाको निर्णयलाई कार्यान्वयन गर्दै कनकाईले सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित नगर बनाउने अभियान अनुरूप सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेलेले बताए ।  चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिने उनले बताए । सुर्तीजन्य पदार्थको खोलले नगरपालिकाको सरसफाइमा समेत ठुलो चुनौती सिर्जना गरेको समेत उनको भनाई छ । 

कनकाई नगरवासीका रहेका सम्पूर्ण राजनैतिक दलको समेत केही महिना अगाडी छलफल कार्यक्रममा स्वास्थ्य र सरसफाइप्रति चिन्तित हुँदै सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न साथ रहने भनी हस्ताक्षर गरिएको र उक्त हस्ताक्षरलाई नगरपालिकाको देखिने स्थान राखिएको जनाइएको छ । 

यता नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गरेका छन् । साथै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण माथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न उनले नगरवासीलाई आग्रह गरेका छन् । 

सम्बन्धित समाचार