२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ
बिर्तामोड । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित बिर्तामोडमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ४ घर बताउने ३३ वर्षीय बब्लु सिवाकोटी रहेका छन् । आइतबार दिउँसो बिर्तामोड नगरपालिका- १ स्थित भगवान् चोकमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई चेकजाँच गर्दा उनको साथबाट रुमालमा पोको पारी राखेको ६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प