२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
झापाको शनिश्चरेबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम जिल्ला माई नगरपालिका–६ महमाईका २२ वर्षीय मनिस गिरी र सोही ठाउँका २७ वर्षीय खगेन्द्र भारती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ चेकजाँचको क्रममा नम्बर प्लेट नभएको इन्जिन नम्बर 03S5C18L185573 र चेसिस नम्बर N-E303S5C1HL529250 भएको बुलेट मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प