२०८३ जेष्ठ २४ गते , आईतबार
सामाजिक सञ्जालमा तस्बिर र भिडियो पठाएर चरित्र हत्या गर्ने पक्राउ
सामाजिक सञ्जालबाट मानसिक तनाव एवम् चरित्र हत्या गर्दै आएका भनिएका ३५ वर्षीय कुलदिप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो काठमाडौंले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा पीडितले निजले सुरुमा आफूलाई मन पराउने, माया गर्ने भनेर फकाई–फुल्याई गरेको र पछिल्लो समय पुरानो तस्बिर र भिडियो पठाएर मानसिक तनाव दिएको उजुरीको आधारमा पक्राउ गरेको जानकारी दिएको छ।
पीडक सुनसरी दुहवी नगरपालिका वडा नम्बर १० स्थायी बसोबास भएका चौधरीलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसुरमा प्रहरीले जेठ २७ गते सुनसरीबाट पक्राउ गरेको हो।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प