२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा पशुपक्षी मुद्दाका फरार एक प्रतिवादी पक्राउ
पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा जिल्ला अदालतको २०७८ साल पुस २२ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका भट्टराईलाई ६ महिना कैद तथा सजाय तोकिएको थियो । सोही दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरी फैसला कार्यान्वयनका झापा कारागार चलान गरिसकेको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प