२०८३ जेष्ठ २४ गते , आईतबार
सानिमाई सहकारीको ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्व सचिव पक्राउ
इलाममा सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ६ बस्ने ४५ वर्षीय वेदनिधि पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पोखरेलले श्री सानिमाई चिया उत्पादन सहकारी संस्थाको पूर्व सचिव तथा व्यवस्थापक रहँदा आर्थिक रकम हिनामिना गरेको आरोप लागेको छ ।
उनले ४२ लाख ६३ हजार ५३६ रुपैयाँ १३ पैसा ठगी गरेको भनी संस्थाका अध्यक्षले दिएको जाहेरीको आधारमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प