२०८३ बैशाख १० गते , विहीबार

बिर्तामोडमा गणित प्रदर्शनी, मोहनमाया मावि प्रथम

sajilo news
झापा
२०८० असार २ गते , शनिबार
बिर्तामोडमा गणित प्रदर्शनी, मोहनमाया मावि प्रथम

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको गणित प्रदर्शनी अन्तर्गत बौद्धिक प्रतिभा प्रदर्शनी प्रतियोगितामा मोहनमाया मावि प्रथम भएको छ । नगरस्तरिय प्रतियोगिता अन्तर्गत माध्यमिक तह तर्फको प्रतिभा प्रदर्शनीमा मोहनमाया प्रथम भएको हो । 

यसैगरी माध्यमिक तर्फ नै कनकाई बोर्डिङ स्कुल द्वितीय, महेन्द्ररत्न मावि तृतीय र कञ्चनजङ्घा अङ्ग्रेजी बोर्डिङ सान्त्वना भएका छन् । प्रतियोगिताको आधारभूत तह तर्फ देवी मावि प्रथम भएको छ । यसै तहमा  महेन्द्ररत्न मावि द्वितीय, कनकाई बोर्डिङ तृतीय र ग्लोरी अङ्ग्रेजी स्कुल सान्त्वना भएका छन् । प्रतियोगिता अन्तर्गत दुवै तहका विजयी विद्यार्थीहरूलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई नगद छ हजार, चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

नगरपालिकाले आधारभूत तहको बालबालिकाहरूको लागि गायन प्रतियोगिता समेतको आयोजना गरेको थियो । यस प्रतियोगितामा मोहनमायाका अनुकूल निरौला प्रथम, न्युटन्सका रवि पाठक द्वितीय, कञ्चनजङ्घा अङ्ग्रेजी स्कुलका रोजी शेखा तृतीय र दुर्गा माविका समीर अधिकारी सान्त्वना भएका छन् । यस्तै कविता प्रतियोगितामा महेन्द्र रत्न माविका रोशिका सिलवाल प्रथम, वीर अमरसिंह माविका प्रकाश निरौला द्वितीय, एसेन्ट एकेडेमीकी प्रिया भण्डारी तृतीय र न्युटन्स एजुकेसन एकेडेमीका गृष्मादेश प्रसाईँ सान्त्वना भएका छन् । 

यस्तै निबन्ध प्रतियोगितामा महेन्द्ररत्न माविकी तृष्णा भट्टराई प्रथम, न्युटन्स एजुकेसनका इनुषा लिम्बु द्वितीय, न्युटन्स कै संस्कार भट्टराई तृतीय र ग्लोरी स्कुलकी सरूँ मगर सान्त्वना भए । गायन, कविता र निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरू क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

नगरपालिकाको शिक्षा शाखाले वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए । महेन्द्र रत्न माविमा आयोजित कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले पुरस्कार हस्तान्तरण गरे ।

सम्बन्धित समाचार