२०८३ बैशाख ३ गते , विहीबार

चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर भारतमै व्यापक विवाद

sajilo news
एजेन्सी
२०८० असार ३ गते , आईतबार
चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर भारतमै व्यापक विवाद

नयाँ दिल्ली ।  चलचित्र ‘आदिपुरुष’ शुक्रबारदेखि भारतलगायत अन्य देशका हलमा पुगेको छ। पहिलो दिन नै फिल्मसँग सम्बन्धित व्यक्तिले कीर्तिमानी कमाइ गरेको दाबी गरेका छन्।

तर रिलिजसँगै यो फिल्म सामाजिक सञ्जालमा दर्शकको निशानामा परेको छ। चलचित्रको संवादलाई लिएर धेरैले आपत्ति र आक्रोश व्यक्त गरिरहेका छन्।  

सिनेमामा हनुमानको संवाद निकै नै विवादित भएको छ। लंका जलाउनुअघि हनुमानले भनेका छन्, ‘कपडा तेरे बाप का, तेल तेरे बाप का, आग भी तेरे बाप की और जलेगी भी तेरे बाप की(कपडा तेरो बाउको, तेल तेरो बाउको, आगो तेरो बाउको र अब जल्छ पनि तेरै बाउकै)।'

फिल्मका अन्य केही संवादको पनि निकै आलोचना गरिएको छ। एउटा दृश्यमा रावणको राक्षस हनुमानलाई भन्छ, 'तिम्रो फूपुको बगैँचा हो र हावा खान आयौ'

अर्को तर्फ अंगदले राणावलाई चुनौती दिंदा भन्छन्, 'रघुपति राघव, राजा राम भन र आज आफ्नो ज्यान बचाउ नत्र आज उभिएको छौ भोलि भुइँमा पसारिएको भेटिनेछौ।'

चलचित्रमा प्रयोग गरिएको भाषालाई ‘अभद्र र अपमानजनक’ भन्दै दर्शकले सामाजिक सञ्जालमा आफ्ना गुनासो पोखिरहेका छन्।

यसलाई फिल्म आरआरआरसँग तुलना गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘आरआरआरको केही मिनेटको यो दृश्य सम्पूर्ण आदिपुरुषभन्दा धेरै गुणा राम्रो छ।

यसै क्रममा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले आदिपुरुषको टिकट रद्द गरेको छु किनभने म मेरी छोरीलाई गलत रामायण सिकाउन चाहन्नँ।' 

सम्बन्धित समाचार