२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा गाउँपालिकाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ६ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको को २६ प ८१४० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक चुलाचुली गाउँपालिका- २ इलामका २६ वर्षीय सुशील आङदेम्बे र पछाडि सवार २६ वर्षीय सुरज लावती लिम्बुलाई ८ ग्राम २ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प