२०८३ बैशाख २१ गते , सोमबार

किन बढ्दैछ बीमा सरेण्डर ?

sajilo news
पत्रपत्रिका
२०८० असार ७ गते , विहीबार
किन बढ्दैछ बीमा सरेण्डर ?

पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो ।

प्राधिकरणका अनुसार गत वैशाखमा मात्रै जीवन बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । चैत र वैशाखलाई तुलना गर्ने हो भने वैशाखमा सरेण्डर हुने पोलिसी संख्या र रकम दुवै बढेको छ ।

वैशाखमा मात्रै १५ जीवन बीमा कम्पनीमा १० हजार ७ सय ९७ वटा बीमालेख सरेण्डर भएको छ । चैतमा ९ हजार ३ सय ५८ वटा बीमालेख सरेण्डर भएको थियो, जुन एक अर्ब १८ करोड रुपैयाँबराबरको थियो।

वैशाखमा बीमा सरेण्डर बढी हुने कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ। नेपाल लाइफको ३१ करोड ९८ लाख रुपैयाँको १ हजार ४८३ वटा बीमालेख सरेण्डर भएको छ। यस्तै, एसियन लाइफको ३१ करोड ८५ लाख रुपैयाँको सरेण्डर भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको १५ करोड ८५ लाख ་ रुपैयाँको १ हजार ४८३ बीमालेख सरेण्डर भएको छ भने राष्ट्रिय बीमा संस्थानको १० करोड ३४ लाख रुपैयाँको १ हजार ४४२ वटा बीमालेख सरेण्डर भएको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड २९ लाख रुपैयाँबराबरको ५७७ वटा बीमालेख सरेण्डर हुँदा प्रभु लाइफको ८ करोड ५८ लाख रुपैयाँको बीमा सरेण्डर भएको छ। नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ८७ लाख रुपैयाँबराबरको, सूर्यज्योति लाइफको ६ करोड न रुपैयाँको र मेटलाइफको ३ करोड २० लाख रुपैयाँको  बीमालेख सरेण्डर भएको छ। यो समाचार कारोबार दैनिकमा छ ।

सम्बन्धित समाचार