२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा चोरी र बाल यौन दुरुपयोग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
भद्रपुर । झापामा चोरी र बाल यौन दुरुपयोग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०७७ माघ १३ गतेको फैसला अनुसार चोरी मुद्दामा ३ महिना कैद सजाय तथा ४ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका मेचीनगर नगरपालिका १३ का २५ वर्षीय सञ्जय दुलाल भन्ने अविनारायण दुलाल र अदालतको २०७९ बैशाख ७ गतेको फैसला अनुसार बाल यौन दुरुपयोग मुद्दामा ४ महिना कैद सजाय ४ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका भद्रपुर नगरपालिका ६ का ६० वर्षीय जयनारायण साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि झापा कारागार पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प