२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा १७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
भद्रपुर । झापा गाउँपालिकाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काठमाडौँ चन्द्रागिरि नगरपालिका- १५ बस्ने ३८ वर्षीय अच्युत कुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार दिउँसो झापा गाउँपालिका- ४ झापा बजार स्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मगरलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट १७ ग्राम १२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका मगरलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प