२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा बैङ्किङ कसुर र चोरी मुद्दाका दुई फरार प्रतिवादी
झापामा बैङ्किङ कसुर र चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उच्च अदालत पाटनको २०७९ असार २७ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा एक दिन कैद, एक लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा ४ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भई फरार रहेका कमल गाउँपालिका–७ का ५५ वर्षीय मोहन ढकाल र झापा जिल्ला अदालतको २०७८ चैत ८ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा ६ महिना कैद ५५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका–५ का ३० वर्षीय मनोज ऋषिदेव रहेका छन् ।
पक्राउ गरिएका प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि झापा कारागार भद्रपुर पठाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प