२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा । झापामा बैंकिङ्ग कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका- ६ निवासी ४२ वर्षीय पुष्पराज बाराकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासबाट २०७९ कार्तिक २ गतेको फैसला अनुसार बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका बाराकोटी ५ दिन कैद तथा सजाय, १२ लाख जरिवाना ४८ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सुनाएका थिए । सोही दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोली पक्राउ गरी कैद भुक्तानको लागि झापा कारागार पठाइएको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प