भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरूङ पक्राउ
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरूङलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।
ललित निवास जग्गा प्रकरणमा गुरूङ पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायत पुष्टि गरे। २०७७ माघ २१ गते ललिता निवास जग्गा हिनामिना मुद्दामा विशेष अदालतले व्यवसायी गुरूङलाई दुई करोड धरौटीमा छोडेको थियो। सो मुद्दामा अनुसन्धान भइरहेको छ।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सयजनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प