२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडमा तार चोर्ने एक जना पक्राउ
बिर्तामोड । तार चोरी गरेको आरोपमा बिर्तामोड– १० मा एक व्यक्ति पक्राउ परेका छन् । तार चोरी गरेको आरोपमा बिर्तामोड– १० बस्ने बुधलाल मुर्मू पक्राउ परेका हुन् ।
उनलाई चोरिएको तारसहित पक्राउ परेका मुर्मूले आफूले चोरी गरेको कुरा स्वीकार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको कार्कीले जानकारी दिए । बिर्तामोड–९ बद्रीबारी टोलमा एकैरात १३ वटा घरबाट तार चोरी भएको थियो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प