२०८३ जेष्ठ २४ गते , आईतबार
दोहोरो नागरिकता बनाएको आरोपमा झापाका खड्का भारतमा पक्राउ
दोहोरो नागरिकता बनाएको आरोपमा एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा निवासी ३३ वर्षीय गोपाल खडका रहेको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीले उनलाई पश्चिम बंगालको दार्जिलिङ जिल्लाको डीआईबी कार्यालय नक्सलबाड़ीबाट पक्राउ गरेको हो । काँकडभिट्टा -पानीटंकी नाका हुँदै खडका भारतीय पासपोर्ट प्रमाणीकरण गराउन नक्सलबाड़ी गएका थिए ।
खड्कामाथि शङ्का लागेर प्रहरीले थप चेकजाँच गर्दा उनले नेहाल राउतिया नामबाट भारतीय आधार र भोर्टस कार्ड लगायतका कागजात बनाएका फेला पारियो । साथै उनको नामको नेपाली नागरिकता र पासपोर्ट समेत फेला परेको थियो । दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि सिलगुडी अदालत पेस गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प