बेहुली पक्षबाट ५० लाख दाइजो माग्ने बेहुला विवाह मण्डपबाटै
बेहुली पक्षबाट ५० लाख दाइजो मागेर दबाब र धम्की दिएको आरोपमा एक युवकलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ परेका छन्। सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह मण्डपबाटै मालिगाउँ प्रहरीले पक्राउ गरेको हो।
बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिएको भन्दै बेहुली पक्षले प्रहरीमा उजुरी दिएको थियो। उनलाई मंगलबार विवाह समारोहबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए। यसबीचमा पटक पटक गरी २२ लाख रुपैयाँ बेहुला पक्षले बेहुली पक्षबाट लिइसकेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ।
विवाह समारोहमा जन्तीलाई उचित स्वागत नभएको र मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज्जती गर्दै हातपातसमेत गरेपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई पक्राउ गरेको हो। आरोपित रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रौनियारसँग अमेरिकाको ग्रिनकार्ड रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प