२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
भद्रपुर । झापामा चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-७ निवासी २२ वर्षीया ठुलो भाइ भन्ने युवराज विक रहेका छन् ।
झापा जिल्ला अदालतको २०७९ असार १६ गतेको फैसला अनुसार चोरी मुद्दामा विकलाई ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई १५ हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय सुनाएको थियो ।
सोही दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प