२०८३ जेष्ठ २४ गते , आईतबार
पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। पूर्वसांसदसमेत रहेका रौनियारलाई प्रहरीले शुक्रबार बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।
रौनियारलाई प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको थियो। रौनियारविरुद्ध बाँकेमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। बाँके प्रहरीले रौनियारलाई पक्राउ गरिदिन पत्राचार गरेपछि बानेश्वर वृत्तको टोलीले पक्राउ गरेको हो। रौनियारलाई बाँके लैजाने तयारी भएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प