२०८३ जेष्ठ २४ गते , आईतबार
झापाको बाह्रदशीमा गाँजासहित एक जना पक्राउ
झापा । झापाको बाह्रदशी गाउँपालिका- ६ स्थित महारानी झोडाबाट लागू औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी-६ का ६१ वर्षीय नरबहादुर सुनार रहेका छन् ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा शनिवार साँझ ५ बजे सुनारको घरको सुत्ने कोठामा रहेको झोला चेकजाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा २ किलो ५०० ग्राम गाँजा बरामद गरेको थियो । गाँजासहित पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प